लाेक सेवा खरिदार तेस्राे पत्रकाे तयारि

१,चलानी भनेको के हो ? चलानी गर्दा ध्यान दिनुपर्नेकुराहरु उल्लेख गर्नुहोस् । चलानी गर्दा ध्यान दिनुपर्ने कुराहरू
  लेख्नुहोस् ।
>कार्यालयबाट बाहिर जाने पत्रहरूको चलानी पुस्तिकामा अभिलेख राख्ने कार्यलाई चलानी भनिन्छ । कार्यालयमा विभिन्न      निकायबाट प्राप्त हुने चिठीपत्रहरू दर्ता गरिन्छ भने कार्यालयबाट विभिन्न निकायमा पठाइने पत्रहरू चलानी गरिन्छ ।

   चलानी गर्दा निम्न कुरामा ध्यान दिनुपर्दछः



  • चलानी गर्ने कर्मचारीले पत्रमा प्रेषक र प्रापकको नाम, ठेगाना प्रष्ट भए नभएको हेर्नुपर्दछ ।
  • चलानी गर्न लागेको पत्रमा पत्रको मिति,पत्रसंख्या, छाप, अधिकारीको सहि छुटे नछुटेको राम्ररी हेर्नु पर्दछ ।
  • पत्रको खाममा प्रेषक र प्रापकको नाम, ठेगाना प्रष्ट रूपमा उल्लेख भएको हुनु पर्दछ ।
  • चलानी हुने पत्रलाई पठाउने निकायमा कुन माध्यमबाट पठाउने हो ? जस्तै फ्याक्स, इमेल, हुलाक, कार्यालय सहयोगी आदि सो निक्र्यौल गरी चलानी किताबको महलमा जनाउनु पर्दछ ।
  • पत्रको शिर्ष भागमा र पत्रको बाहिरी खाममा पत्रको प्राथमिकताको आधारमा जरुरी, अत्यन्त जरुरी, तुरुन्त, गोप्य, अतिगोप्य कुन हो, सो लेखी पठाउनु पर्दछ ।
(नाेट) कृपया कमेन्ट शेयर गर्न नभुल्नुहाेला